खुशी मात्र बाँड्नुस् अब ब्यथा बिष आफै पिउनुस्
घाँउ दुखे मुस्कुराउनुस् अभाबको जीवन जिउनुस्
प्रतिकुल छ जमाना यो ब्यथा सुन्ने कोही छैनन
धोका चोट थपिंदै जाउन् शरीर हड्डी आँफै ख्याँउनुस्
सबै चढुन् सगरमाथा हामी फगत माथि ठेल्ने
पसिना र आँसु पिउदै संसारमा बहार ल्याउनुस्
रसिला छौं हामीहरु चुस्नेहरू चुसिरहुन्
मन खोलेर दिनुस्-गर्नुस् सके जति सबै भ्याउनुस्
आकाश खसोस तपाईं माथि धन्य हुनुस् सधैंभरि
मिल्छ भने अझै बरु गोरु बनी बाछा ब्याउनुस्
हरिहर दाहाल
क्यालिफोर्निया
