मैले जिन्दगीमा सबैथोक हराए
जीवन दिप कहिले नबल्ने गराए
आँफैलाई गुमए मैले तिम्रो लागि
खरनी घसेछु हुन खोज्दा त्यगी
आँफै खाल्डो खानि आँफैलाई भराए
जीवन दिप कहिल्यै नबल्ने गराए
सबै छोडी मैले तिमीलाई समाए
संसारलाई बर्सिए तिमीमा रमाए
तिम्रो खतिर पागल हुँदा नि छोएन
भक्कानो फुट्यो यहाँ तिम्रो मन रोएन
म मात्रै तिम्रो हु भनी खुब कराए
जीवन दिप कहिल्यै नबल्ने गराए
सपनामा तिम्रो साथ आकाश माथि पुग्थे
कल्पना मा तिम्रो मुटु भित्र लुक्थे
बिपनमा हुँदा गिरेछु जगतमा
म भ्रमित भएको रहेछु फगतमा
आसा टुट्न लाग्यो म धेरै डराए
जीवन दिप कहिल्यै नबल्ने गराए
मेरो शिरमाथि खसिदियो आकाश
म दलमा भासिए भए म बिनाश
अस्तित्व मेटियो मेरो छैन आश
यो संसार मशानघाट म हु जिउदो लाश
ठुलो आँधी आयो म छेक्न डराए
जीवन दिप कहिल्यै नबल्ने गराए..

so tragic
so tragic poem…..
-xsagar@ymail.com
thanks sagar ji
thanks sagar ji