Skip to content

उनी मात्रै देखिरा’छु

  • by


मेरो आत्माभित्र पनि उनी मात्रै देखिरा’छु
हरेक रात सपनीमा उनी मात्रै भेटिरा’छु ।।

आफ्नो होइन थाहा हुदैँ पनि पछि लाग्दैछु म
थोपा थोपा रगतले अन्तिम पत्र लेखिरा’छु ।।

किन मलाई याद आउँछ सँगै खायौ कसम् कति
भित्र भित्रै पोल्छ मुटु फेरि पनि सेकिरा’छु ।।

मेरो मनका तारहरू सयौं टुक्रा हुँदा पनि
बेहोशीमा चुडिँएको तार एक्लै रेटिरा’छु ।।

कुनै बखत सँगै हिंड्या गल्लीहरू धायौ भने
भुईँमा नजर डुलाउँनु म त त्यही लेटिरा’छु ।।

मेरो आत्माभित्र पनि उनी मात्रै देखिरा’छु
हरेक रात सपनीमा उनी मात्रै भेटिरा’छु ।।

जगत राम बर्देवा (घायल )
पृथ्वीनारायण न पा १० गोरखा
हाल ः नबोदित साहित्यिक वाचनालय दोहा कतार
१ । २ । २०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *