Skip to content


यो तनमा तिमी नै, यो मनमा तिमी नै
सधैँ सम्झनाको आँगनमा तिमी नै । -केदार शाक्य

छामेर हेर, मेरो यो छातीमा
मुटुको हरेक धड्कनमा तिमी नै ।

चौतारीको पीपल छहारीमा छु म
बिहानीको शीतल पवनमा तिमी नै ।

गाउँघर, सहरमा तिमी खोज्दै हिँडे
भेटेँ आराधनाको मधुवनमा तिमी नै ।

यो तनमा तिमी नै, यो मनमा तिमी नै
सधैँ सम्झनाको आँगनमा तिमी नै ।

-टीकाथली-५, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *