Skip to content


संसार देख्ने रमिता हजार
यो ज्योति आँखा सबको छ सार
सौन्दर्य हेर्ने नयननाभिराम
सानो छ हेर्दा कति धेर काम

लेख्ने र पढ्ने हतियार हाम्रो
देखाउने यो मतियार राम्रो
राम्रो, नराम्रो सबमा छ दृष्टि
हेरेर भन्दै नवभाव सृष्टि

यो ज्ञानदाता र अनेक भाका
यो प्रेमदाता रसिलो छ भाषा
राम्रो र मीठो नयनी इसारा
स्वभाव पोख्ने कतिको सहारा

जो नेत्रवाणी मुखले नभन्दा
त्यो भाव राम्रो अझ शब्द भन्दा
ढोका खुलायो मनको महान्
नेत्रास्त्र सानो, हचुवा नठान !


-बालकन्या उमावि फाक्टाङ-२, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *