Skip to content

अझै सम्म बाँचेको छु


तिम्रा वचन मान्छु भन्दै अझै सम्म बाँचेको छु
मायाप्रेममा त्याग हुन्छ रुन्छे हाँसो हाँसेको छु

सोमरसलाई अमृत ठान्दै म त नाचेको छु
त्यही रस नै थोरै तान्दै आज सम्म बाँचेको छु

कती गफ बेहोसिमा, धेरै पटक फाटेको छु
बहलिन सोमरसले देउँसैमा मातेको छु

कहिले सुई हान्छु आँफै,कतै आँफै काटेको छु
चिप्लियर लडे भनी आफन्तलाई ढाँटेको छु

आँफै धागो खोजी बान्धै एउटा डोरी बाटेको छु
मृत्युलाई मोक्ष मान्दै फाँसी चढ्न आँटेको छु ।।

kajidai2004@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *