रुन्न भन्छु तिमीलाई सम्झी
आशु त्यसै खसी दिन्छन,
गर्दिन भन्छु तिम्रो याद
मन मस्तिस्कामा बसी दिन्छन !
हेर्दिन्न भन्छु तिम्रो बाटो
त्यतै यी आखा टोलाउन पुग्छन,
लिन्न भन्छु तिम्रो नाम
बर बराउदै बोलाउन पुग्छन !!
हेर्दिन भन्छु तिम्रो तस्बिर
परेलीमै छाइदिन्छ्न,
देख्दिन भन्छु तिम्रो सपनी
हार निदरिमा आइदिन्छ ………..
राजेश रुम्बा लामा
दोहा कतार
reasonlama_rumba@yahoo.com
