Skip to content

खोइ कत्ता हो कत्ता

खोइ कत्ता हो कत्ता

केहि दिनलाई जान्छु भन्थि

गाको पनि थियो उनी

केहि खबर नि पाको हैन

कुन अवस्थामा छीन् पो कुनी ।

पुग्ने बित्तिक्कै खबर दिन्छु

भन्दै गाथिइ मेरो उनी

चिन्ता ला छ मनै भरि

कत्तै पर्यो कि दसा मुनी ॥

त्यत्ति सारो बेखबर त

हुदैन थियो कहिल्यै उनी

कुन दैबाले छिनाइ दियो

सम्पर्कका तरङ्गलाई कुनि ।

राजेश रुम्बा लामा

दोहा कतार

reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *