Skip to content

अझै च्वाक भाकी छौ रे

राष्टवादी गीत लेख्थऔ मुगलान गाकी (गएकी)छौ रे
बान्की मिल्या शरीर थियो अझै च्वाक(राम्री)भाकी छौ रे

गुन्द्रुक ढिडो बिर्सेउ अरे बर्गर पिजा खाकी(खाएकी)छौ रे
आफ्नो पोशाक प्यारो भन्थेउ मिनी स्कर्ट लाकी(लाएकी)छौ रे

दुई मुटु एउटै भन्थेउ तेस्रो मुटु पाकी (पाएकी) छौ रे
भयालेन्टाइन डे मनाउन कुन्नी कसलाई डाकी(डाकेकी)छौ रे

आफ्नो धर्ती स्वर्ग भन्थेउ गाँठवाला ताँकी छौ रे
सुन्दरी छौ सुरा तान्दै मिठा गफ हाँकी छौ रे

त्यतै घरजम गर्छु भन्दै वकिल कहाँ धाकी (धाएकी )छौ रे
आफन्त र देशको माया अझै पनि राखी (राखेकी) छौ रे ? ।।

काजीदाइ kajidai2004@yahoo.com

2 thoughts on “अझै च्वाक भाकी छौ रे”

  1. Thank you so much my friend
    Thank you so much my friend for appreciation. I am just learning. I read your writing regularly. I like your writing skill very much.
    Thank you again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *