Skip to content


ऊ जहिले पनि राजकुमारसित हाँसखेल गरेको सपना देख्थी । यसो निद्रा लागेर पल्टियो कि राजकुमारको सपना नै देख्थी । सपनामा उसको राजकुमार यसलाई भेट्न आइहाल्थ्यो । ऊ बारम्बार त्यही सपना देखेको आफ्ना साथीसङ्गीलाई भन्ने गर्दथी ।

एक दिन ऊ त्यही सपना देखिरहेकी थिई । सपनाको नियमिततासँगै उसका कपडाहरू पनि क्रमभङ्ग हुँदै गए । ऊ राजकुमारको पछि लागी ।

अन्त्यमा, उसले आफ्नो राजकुमारलाई भेटी अनि भेटेपछि च्याप्प अङ्गालो मारी । उसमा खुसीको सागर उर्लियो । होस नै रहेन ।

जब ऊ शीत भई, तब उसले आफूमाथि केही गह्रौँ बस्तु रहेको अनुमान गरी र आँखा खोली । अझै पनि उसको सपनाको राजकुमार त्यहाँ नै थियो । त्यहाँबाट गएको थिएन । ऊ राजकुमार खोज्दै त्यहाँ पुगेकी थिई । त्यहाँ त सपनाको राजकुमार नभएर उसको घरको नोकर थियो । अनि, भोलिपल्ट बिहानै अर्थात् विपनामा त्यो उसको सपनाको राजकुमार त्यस घरबाट निक्लिसकेको थियो ।

गोलढुङ्गा-३, काठमाडौं ।

2 thoughts on “सपनाको राजकुमार”

  1. ही ही ही !!! कस्तो राम्रो
    ही ही ही !!! कस्तो राम्रो बिचरा ।।।

  2. प्रेम गर्छु…
    म भित्र नै

    प्रेम गर्छु…

    म भित्र नै जन्मेकीछे प्रेरणा,
    कहिल्यै नमर्ने गरी
    शायद, मेरो मृत्यूपर्यन्त पनि बाँच्छे ऊ
    हरेक कदममा म उनको साथ लिने गर्छु,

    कसैले व्यक्तिविशेष नसम्झिनु मेरी प्रेरणालाई
    ऊ परिवर्तित छे,
    अहिले भावना बनेकीछे,
    जो निश्चल छ,
    दुरुस्तै ऊ जस्तै,
    त्यतिबेला जस्तै सुन्दर,
    जतिबेला
    उसलाई मानवको रुपमा पाएर झुक्केको थिएँ,
    जतिबेला
    उसलाई आफ्नो प्रतिबिम्बको रुपमा अनुभव गरेर भ्रमित थिएँ,

    जे होस्,
    मेरो मनमा दरिलो खम्बा गाडि
    दरबार बनाइ बसेकीछे
    जसको गजुरले मेरो मस्तिष्कलाई छुने गर्छ

    उसको बगैंचाको बास्ना तनभरि फैलीरहेछ
    निक्कै सुगन्धित फूल,
    “माया” नै फुलाइछे क्यार!

    गजबछ,
    कहिलेकाहीं, हामी साक्षात्कार पनि गर्छौं,
    कहिले ऊ रिसाउँछे, म कुर्लिन्छु
    ऊ हाँस्छे, म फुर्किन्छु

    हो,
    उही प्रेरणा,
    जसको लागि म गाउँछु,
    गजल कोर्छु,
    गम्भीर हुन्छु,

    किनकी म प्रेम गर्छु,
    कुनै व्यक्तिविशेषलाई होइन,
    कुनै मानवरुपी पत्थरलाई होइन,
    म त मेरो भावनासलाई प्रेम गर्छु,
    प्रेरणासँग प्रेम गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *