चञ्चल छ चञ्चल छ यो मनजस्तो ऋतुमौसम
उस्तै खुल्ला धरती तिमी उस्तै खुल्ला आकाश
हिँड्नलाई अघिपछि साहारा छौ तिमी
इन्द्रेणीको सातै रङ शृङ्गार हौ तिमी
मेरो इच्छा मेरो आशा जस्तो ऋतुयाम
उस्तै न्यानो घाम तिमी उस्तै शीतल जून ।
एकान्तमा भावनामा डुलेकी छौ तिमी
मेरो जीवन उत्साहमा फुलेकी छौ तिमी
मेरो फूल मेरो जून जस्तो ऋतुरङ्ग
उस्तै तारा फूल तिमी उस्तै कृष्णधून ।
शब्दघर, पर्वत
