आत्मीयताको नाता, जोडेर के बिगारे ?
माली बिनाको फूल, गोडेर के बिगारे ?
हस्तक्षेप थिएन, कसम चिहाई हेरे
त्यो दिलको ढोका, फोडेर के बिगारे ?
डर किन समाजको, सर्बाधिकार ममा
निर्धक्क शिल्ड पेक, तोडेर के बिगारे ?
आस्थित्व बिनाको, अर्थहिन जीवनसर
जिन्दगीको सफर, मोडेर के बिगारे ?
– फाक्चामारा-४ तेर्हथुम
हाल: प्रवासी भुमी
