Skip to content


हिजो र आज
पग्लिँदै छ हिमाल
दिनानुदिन
अग्लिँदैछ महल
मूल सुक्दो छ
असुरक्षा फुक्दो छ
बढ्दो महँगी
प्रतिकूल याम छ
राष्ट्रियतामा
मिलौँ सबै नेपाली
सङ्कल्प गरी
सारौँ कल्प-बिरुवा
पारौँ मुलुक
हरा-भरा उर्वरा
छाँगा-छहरा
पर्यटन उद्योग
फैलायो भने
सुख-शान्ति पाइन्छ
हामी-हामीमा
हातेमालो चाहिन्छ
पौरख हाम्रो
एकतामा फुक्दछ
झगडामा सुक्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *