Skip to content


साथीहरू हो
दिने भए साथ देओ,
विश्वासघातको
पोल्टो नउघार
वनमा लागेको डडेलो जस्तो
सल्काउँदै सल्काउँदै
सखाप पार्दछ
जसले उजाड्नुको सट्टा
जुटाउने गर्दछ
साथीहरू हो……..
पर्दा पछाडि एउटा
पर्दा अगाडि अर्को
कुरा गर्न छाड
दुवै ठाउँमा एउटै कुरा गर्ने गर
जसले गर्दा
अविश्वास हटी
विश्वास मौलाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *