Skip to content


हाँसेर जाउँ घरकी चेली सम्झना राखौला
चाडलाई सम्झी फर्केर आउँ सँगसँगै हाँसौला

खसेको आँसु समुद्र भई छट्पटाई रहने छौ
यो व्यथा बुझी नरोउ चेली जिन्दगी जिउने छौ

जिउन तिमी सङ्घर्ष गर पाखुरा उचाल
कसैको भर नपर चेली यो ज्ञान बसाल

भोकले चेली मर्दिनौ होली म माइती बाँचिञ्जेल
हाँसिदेउ चेली खुलेर तिमी म माइती हाँसिञ्जेल

महलमा शूली बिर्सिए चेली म एक्लो बसौला
तिर्सना आए छाडेको चिनो हेरेर बाचौँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *