Skip to content

गोठालामा सगै जाने सानी


घाँस दाउरा गोठालामा सगै जाने सानी 
भोक लाग्दा खानलाई सातु लाने सानी,
  
सम्झनामा आइरहन्छे सपनीको गाँउमा 
प्याउली हुँदै काखमा बसी म्याइ खाने सानी,
 
के गर्दै छ आजभोलि गाउँ पाखामा छ कि 
गैरी खेतमा रोपाइँ गर्न पर्म लाउने सानी,
 
रुँदै होली फोटो हेरी परदेशीको बाटो 
जे जे भन्छौ लिई आउने बात माने सानी 

तीर्थ (यात्री) पौडेल 
लखनपुर ३,झापा,नेपाल 
हाल;बहराइन , 

1 thought on “गोठालामा सगै जाने सानी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *