देशका लागि हाँसी-हाँसी सयौं युवा मरेपछि
नौलो बिहान आउनु पर्ने सयौं तारा झरेपछि
त्यस्तै बाली उम्रेने छ, जस्तो तिमीले छरेपछि
अरुलाई गाली ज्वरो आउँछ आँफूलाई परेपछि
पोतेको पो के काम भो र लगन पुरै टरेपछि
थुकी नदी बग्छ भन्छन सबै मिली गरेपछि
लौरो तिमीले बिर्सियौ कि जङ्घार कतै तरेपछि
मृगले पनि लखटने छ तिमी आँफै डरेपछि
पराईका भेडा बाख्रा आफ्नै करेसामा चरेपछि
बालीनाली सखाब पार्ला सबै पछि सरेपछि ।।
समर्पण : सम्माननीय नेताहरूप्रति , देशको वर्तमान परिप्रेक्षमा ।
काजीदाइ kajidai2004@yahoo.com
