ठाडो गीत (घासे गीत)
पानी रे पर्दा हो रिमि र झिमि सलाम सानु माया
घाम लाग्दा घमैलो,
रिबन कपलैमा हाम्रो नेपालैमा सलाम सानु माया
घाम लाग्दा घमैलो
सुख आराम भएनी सलाम सानु माया
राम्रो खाएनी लाएनी
हुन्न रहिछ रमाइलो ……………………….
पराइको गाउमा सलाम सानु माया
यो पर्देशी ठाउमा
हुन्न रहिछ रमाइलो………………………………….
राजेश रुम्बा लामा
“अतृप्त”
दोहा कतार
(यस प्रकारको गीत मध्यम अंचलमा ठाडो गीत अथवा घासे गीतको रुपमा गाइन्छ ! बिशेष गरी अशारमा धान रोप्त गाउनी गरिन्छ! )
