आकासको न्यानो घामलाई बादलले छेकिदियो।
खुशी बाँट्ने मेरो सपना बिपनाले टेकिदियो।।
बिपनामा सब्-थोक भए देख्नु किन सपनी।
यस्तै कुरा मनमा सोच्दै बाँचिरैछु म पनि ।।
क्षितिजमा बादल् हेर्छु घाम्को मुस्कान् देख्छु भनी।
कोर्दै फाल्छु पानाहरु आफ्नै कथा लेख्छु भनी।।
देउरालीमा पाती चढाई भाकल् गरी पुजें मैले ।
बिश्वासमा संसार अड्छ भन्ने कुरो बुझें मैले ।।
साँझ पख घाम डुब्छ गोधुलीको लाली पोख्दै ।
त्यस्तै मेरो सास डुब्ला एकदिन् त्यहि घाम जस्तै ।।
पारी गाँउमा भाले बास्यो बिहानीको मौनता चिर्दै ।
यस्तै भाव पोख्न आएँ मझेरीमा घुम्दै-फिर्दै ।।
किरण टी लिम्बु
इटहरी,सुनसरी
हाल: ग्रेश ,एसेक्स
लन्डन

kiran ji yahaankaa giti
kiran ji yahaankaa giti kabita ramro laagyo badhai chh ,, keep it up ,,,
Minaji, Dhanyabaad, tapaiko
Minaji, Dhanyabaad, tapaiko sundar kament ko laagi ..abhari chhu.