जति दियौ यो देशलाई दसौं गुना लियौ
पानीभन्दा जनताको आँशु बढी पियौ
कयौं हजार सपुतको बलि किन दियौ
फूलमाला उसलाई दिई सत्ता तिम्ले लियौ
फाटेको मन जनताको कहिले तिम्ले सियौ
आलो घाउमा अझ उल्टै नुनचुक दली दियौ
राजनीतिमा फेल भयौ के खरानी धस्छौ
जनताले थुक्छन अब कहाँ लुकी बस्छौ
भूल गर्यौ जनता भनी तिम्ले माफी माग
राष्ट्रहितलाई अघि लगाई आफू पछि लाग
– बिमल गौतम साउदी अरेविया
३० अप्रिल 2010
