दौरा सुरुवाल ढाका टोपी खुकुरी निशानी
टिष्टा लुट्यो भारतले जल्यो कालापानी ।
आमाको आङ्को टालो लुछ्न थालिसके
आँखा चिम्ली बसेका छौँ सबै जानीजानी ।
छिमेकी नै सधैँभरि कटु चाल चल्छन्
बर्षे बाढी यहीँ छाडी लगे सङ्लोपानी ।
कौरबको जाली पासा च्याँखे बनिन् आमा
चौबाटोमा नङ्ग्याउँदैछन् चोली तानीतानी ।
गोर्खाली हौँ चेपिएरै मार खेपेका छौँ
सिमानाका माटो लुटे लौरी हानीहानी ।
विशालमार्ग नारायणगढ चितवन ।

सिमानाका माटो लुटे लौरी
सिमानाका माटो लुटे लौरी हानीहानी ………….. nice gazal. aba mato lutne harulae chhani chhani marnu parchha……..
Bishnu, Pokhara