Skip to content


अरुको डाह गरी, आफैँलाई पापको आगोमा
किन जलाउछौ मानव ?
निर्दोष ति मुटुमा, आफै
किन आगो बलाउछौ मानव ??
बरु हिड्न खोज सुमार्गमा, अरुको डाह गरी
आफुलाई पापको आगोमा
किन जलाउछौ मानब ?
निर्मल, पबित्र ति मनमा अनेक पाप
किन कुरा खेलाउछौ मानव ?
सम्बन्धलाई दाउमा राखी, मान्छे पिच्छे
किन कुरा चलाउछौ मानव ?
अरुको इर्ष्या गरी आफैलाई
किन जलाउछौ मानब ?

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *