Skip to content


मन्दिरमा सजाउनका लागि म फूल हुन सकिन ।
दोबाटोको सुचनावाचक म तुल हुन सकिन ।।

मनको वागमा न बसन्त छायो न शिशिर
गन्तब्यमा यात्रु डोराउने म पुल हुन सकिन ।।

मेरो माया सधै चोखो र एकातर्फि रहिरहे
तिमीलाई घोच्ने तिखो म सुल हुन सकिन ।।

प्यासी धर्ती,प्यासी म र सारा जगत भए
तिर्खाएर उनी आइन म मुल हुन सकिन ।।

गगनमा उड्ने रहरहरु जमिनमा नै रहे
सोझो “क्षितिज”म दुषितको हुल हुन सकिन ।।

जेठल गा बि स वडा न ९, सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *