Skip to content

परेली ले छोपें मायालु तिमीलाई !!

DeshLama


परेलीले छोपें मायालु तिमीलाई !!
कलेजीमा खोपें मायालु तिमीलाई !!

मुटुको साथमा मुटुसँगै जोडी सँधै !
यो छातीले छोपें मायालु तिमीलाई !!

मेरो सासमा मेरो अंग अंगमा राखी !
यो रगतमा चोपें मायालु तिमीलाई !!

जानी-जानी तिम्रो सामु अन्जान भनी !
तिम्रै गाला टोकें मायालु तिमीलाई !!

कसैको नजर नपरोस, भनी लुकाएर !
मनको बिचमा रोपें मायालु तिमीलाई !!

हाल दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *