Skip to content


यो देशमा बिजुली निकालिएको, आज सय वर्ष पार भो ।
सधै सधै आधा दिन बत्ती जान्छ, नेपालीलाई मार भो ।।

त्रियासी हजार मेघावाट, बिजुली निकाल्न सक्ने देशले
भारतसँग बिजुलीको भिख माग्दा, नेपालीको हार भो ।।

हुन् त जलसोतको भन्डार नै छ, देशै भरी जहाँतहीं
बिजुली नपाई आज देशमा, उद्योग धन्दा बेकार भो ।।

कुलेखानीको धेरै पछि, बल्ल चीनमा बिजुली बल्यो
आज त्यो देश बिजुलीमय भई, बिकास अपार भो ।।

विद्युत् महसुल सधैं बढाउछ,बत्ती आओस न आओस
एक्काइसौ शताब्दीमा पनि देशै भरी अन्धकार भो ।।

1 thought on “कुलेखानीको सय वर्ष”

Leave a Reply

Your email address will not be published. Required fields are marked *