अरुको आलिँगनमा बाँधिएको छुईन मलाई तिम्रो चूम्बनको कसम
अरुको चूम्बकमा टाँसिएको छुईन मलाई तिम्रो चूम्बनको कसम ।
कुरैकुरामा साथि-भाई भेट्दा अलि कत्ति बढी पिएको छू
पिएनि कत्तै भड्केको छुईन – मलाई तिम्रो चूम्बनको कसम ।
भट्टिको साउनि तरूनि छे, गरिब छे बिचरि, कपडै कम लाउँछे फोरि
उसको मजबूरि माथि मेरो नजर छैन मलाई तिम्रो चूम्बनको कसम ।
बिस्वास गर मेरो चरित्र माथि मेरो नजरले केवल तिम्लाई हेर्छ
मैले मेरो कुनै दिदी-बहिनि छुन्न मलाई तिम्रो चूम्बनको कसम ।
असहाय लाई सहयोग गर्न गरिबको भट्टिमा बोहनि गर्न जान्छु
म साधारण केटो जँडयाहा होईन मलाई तिम्रो चूम्बनको कसम ।

ha ha ha ha ha ha….. nice
ha ha ha ha ha ha….. nice gajal