हिल्ले डाँडा घाम लाग्दा
मर्स्याङ्दीले सुसायो
माच्छापुछ्रेले जिस्क्याउँदा
बेशी सहर ठुसायो,
भाचोक डाँडा आग्लो राम्रो
गाउँ शहर नि लजायो
पुरानो गाउँको डाँडा हेर्दै
बाग्लुंग पानीले पात बजायो !
चारै थुम्का सबै अग्लो
बेसीसहर पर्यो गहिरोमा,
लाहुरे सबै सहर झर्छन
दु:खी गरिब पाखा पहिरोमा !
हेर्दै राम्रो हरियाली
चारै तिरको पाखानी
कोइलीले मात्रै होइन गाउने
सुन्न पाइन्छ हामीले यहाँ
धेरै थरिका भाका नि !
ठुले, कान्छा सबै लाहुर
नानि कासी बन पाखा,
हिउँ झैं देख्नी गोरी गोरी
झनै राम्री ती आखाँ……..
हिउँ झैं देख्नी गोरी गोरी
झनै राम्री ती आखाँ……..
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
