बाँच्नु परेछु …………
मनको हरेक इच्छ्या मार्दै
बाँच्नु परे छ,
दिलभित्र आगो जलाई
हाँस्नु परे छ !
समयको पछी लाग्दै
नाच्नु परेछ,
जति चोटी टुक्रे पनि मन
गाँस्नु परेछ!!
अथाह चोटको भारी बोक्दै
बाँच्नु परेछ
आँशु तालमा डुबे पनि
हाँस्नु पर्छ
आँशु तालमा डुबे पनि
हाँस्नु पर्छ…………..
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
