Skip to content

बिचरा हामी


पलपलको सासैसासमा
शान्ति आउने आशैआशमा
बिचरा म,
चाउरी परेका अनुहारमा
बाँच्ने आशका झिनो सारमा
दिनदिनै मरिरहेछु
पीडाको सागर तरिरहेछु ।

पाईलै पिच्छेको त्रासैत्रासमा
दिनदिनैको नासैनासमा
बिचरा ऊ,
टाँसिएको भोको पेटले
परिवारको बिनासको चोटले
पिंढी कुरेर बसिरहेछ
आफ्नै छाँयामा तर्सिरहेछ ।।

बम्बारुदको रासैरासमा
आफन्तहरुको लासैलासमा
बिचरा हामी,
आँशुका धारा झारेर
जीवनदेखि हारेर
मौन भएर हेरिरहेछौं
बन्दुकको ईशारा टेरिरहेछौं ।।।

बिमल ओझा
हेटौँडा -नेपाल ,
हाल : USA

http://bimaldai.blogsome.com/2009/03/03/p10/

Leave a Reply

Your email address will not be published. Required fields are marked *