Skip to content


रेडियोमा सुन्दै छु
टि.भी. तिर हेर्दैछु
बच्चा लिई भागे रे
फिरौती नि मागे रे
स्कुल गई पढ्नुछ
तर जानै डर लाग्छ
नौला मान्छे देख्दा नि
जीउ थर्र काम्दछ
मैले ढुक्क भएर
कहिले पढ्न पाउने हो
देशमा शान्ति सुरक्षा
अझै कहिले आउने हो ।

दुर्गा कार्की, कक्षा ः १०
सरस्वती उमावि, खानीभन्ज्याङ, ओखलढुङ्गा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *