Skip to content


मैले देखेको छु, ऊ आफ्नो काममा निर्दोष छ
तर के उसलाई आफ्नो कामले मात्र निर्दोष सावित गर्छ र ?
गर्दैन किनकि ऊ आफ्नो व्यवहारमा निर्दोष छैन
समाजप्रतिको दायित्वलाई बुझेको छैन उसले
मैले जति सम्झाए पनि सम्झने मनस्थितिमा छैन अहिले
उसलाई समाजले पहिचान दिएको छ
एउटा अबोध बालक भनी
केही नबुझिने तोते बोली बोले पनि
केही कुराको लालचमा डुबेको छ ऊ,
मैले जति नै निर्दोष सावित गर्न खोजे पनि
निर्दोष छैन ऊ
आफ्नो आहृवानको लालचमा डुब्ने बुद्धि त छ उसमा
समाजमा घटिरहेका घटना मनन् गर्ने
क्षमता छैन उसमा
त्यसैले अहँ, म निर्दोष सावित गर्न सक्दिन उसलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *