बिहानी घामका किरणहरू जस्तै मन कहिले लालिमायुक्त आभा लिएर
इच्छा आकाङ्क्षाहरूका स-साना गोरेटाहरू पहिलाउन
उन्मुक्त भावनाका पखेंटा
उन्दै गर्ने गरेको देखेको छु ।
साँझपख देखिने एक्लो उदास ताराजस्तै मन कहिले वैराग्य बोकेर
नरमाइलो आँगनभरि भक्कानोका विस्कुनहरू ओछ्याउन
बिर्सनुपर्ने कुरा पनि सम्झेर, तानाबाना बुन्दै गर्ने गरेको देखेको छु,
भदौरे भेलको डरलाग्दो छालझैं मन कहिले अनियन्त्रित बनेर आफैंलाई आड दिइरहने आफन्त किनाराहरू काट्न
सबै बिर्सेर अन्धाधुन्धभै,
उर्लंदै गर्ने गरेको पनि देखेको छु
मण्डिखाटार, काठमाडौं
