Skip to content

तिमी आयौ जून पनि मुस्कुराई शान्ति

  • by


तिमी आयौ जून पनि मुस्कुराई शान्ति
निदाएकी मनचरी जुर्मुराई शान्ति ।

कोइलीले गाउन थाले रनवन डुल्दै
स्वागत गर्न न्यानो हावा सिर्सिराई शान्ति ।

हिमपरी हाँस्न थाले दन्तलहर खोली
चन्द्रसूर्य अंकित झण्डा फर्फराई शान्ति ।

लाली छर्दै गुराँस पनि फुल्छ वनैभरि
अचेतमै तिम्रो ‘ज्योति’ बर्बराई शान्ति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *