म बिनाको तिमीलाई सुमसान हर रात लाग्ला
आफै मान्छे भनाउँदाको अनायासै हात लाग्ला,
बाँधी राखे पनि मन बरालियो भने कतै
होस राख्नु जोस कतै नगरेको बात लाग्ला,
तिमी सम्झी बिदेसमा बसेको छु वियोग खपी
सम्झिएर रंगीन रात एकान्तमा मात लाग्ला,
सम्हालिनू आफैले नै मन बाँधी हिम्मतले
बाटो बिराई हिड्यौ भने यो दिलमा घात लाग्ला,
तीर्थ “यात्री”पौडेल
लखनपुर ३,झापा,नेपाल
हाल:बहराइन,
