मान सम्मान गर्यो भने निर्बल सोची टाउको टेक्छ
मान्छे कति निर्दयी छ, अघि जाँदा बाटो छेक्छ
कसो गरी अघि जानु लक्ष्य चुम्नु कसो गरी
आफ्नै मान्छे भनाउदाले भित्र बाहिर सबै देख्छ
बिरोध गर्ने पनि आफ्नै खुट्टा तान्ने पनि आफ्नै
बदनाम गर्न खातिर मान्छे नानाथरी कुरा लेख्छ,
परचक्रीसँग लड्छु विरताले जित्छु युद्ध
आफ्ना मान्छेसँग लड्ने शक्ति मलाई कस्ले दिन्छ
पाण्डब कौरब जस्तो गरी भिड्नु पर्छ आफ्नासँग
सही बाटो हिड्नेसँग श्रीकृष्णको साथ हुन्छ
बीरगाथा त्यसकै हुन्छ असत्यलाई त्याग्नेको
जीत उसको अबश्य छ जसले सत्य अंगाल्दछ,
पहिले आफैसँग लडी जित्नुपर्छ आफैंलाई
मनभित्रको बिकारहरू निकालेर मास्नु पर्छ
आफु भलो जगत भलो सबलाई राम्रो सोच्यौ
गलत बिचार दुर्भावना निकालेर फ्याक्नै पर्छ
आफुभित्र शान्ति भए सारा जगत शान्त हुन्छ
सानो-ठुलो होचो-निचो किन? सबको रातो रगत छ,
तीर्थ”यात्री”पौडेल
लखनपुर३ ,झापा,नेपाल
हाल:बहराइन

Dherai ramro 6.Rajesh Payel
Dherai ramro 6.Rajesh Payel Rai ko song ho.