अँध्यारोमा डराई डराई, मध्यरातमा धा’को।
तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ’को।।
सुतिसक्यो दुनिया त, यही मौकालाई छोप्न।
तिम्रो मनमा, मेरो मनको, बिरुवालाई रोप्न।।
यस्तै धेरै कुरा सोच्दै, खुशी धेरै भा’को,
तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ’को।।
अँध्यारोमा डराई डराई …….
मलाई जस्तो रमाईलो, तिमीलाई नि हुने।
यौवनको बगैंचमा, दुईटा फूल फुल्ने।।
मेरो स्पर्शले तिम्रो तनैभरि, उन्मातको नशा चड्दै गा’को,
तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ’को।।
अँध्यारोमा डराई डराई ……
www.udayaspoetry.blogspot.com

गजल राम्रो लाग्यो
गजल राम्रो लाग्यो
ysto gahjal hamlai pani
ysto gahjal hamlai pani sikaunu paruyoni ta
गजल राम्रो छ ।
गजल राम्रो छ ।
… भैहाल्छ नि अतिथी जी …
… भैहाल्छ नि अतिथी जी … सिकाउनलाई के भयो र? बिध्या जति बाड्यो त्यति बड्छ नी ।।
हजुर को कमेन्ट को लागी मुरि मुरि धन्यबाद ।।।
उदय