Skip to content


यति बढे तिम्रो प्रहार, थेक्नै गाह्रो भो ।
शरीरभरि फोक्कै फोका, सेक्नै गाह्रो भो ।।

अधरभरि पराइ डुल्यो, नजरभरि पर्दा
मनको आँखा उघारेर, देख्नै गाह्रो भो ।।

घरमा आगो सल्काएर, तिमीले डेरा सर्दा
पीरमाथि पीर थप्यौ, खेप्नै गाह्रो भो ।।

वाचा कसम सबै भुल्यौ, पराइलाई भेट्दा
बाटैभरि काडा रोप्यौ, टेक्नै गाह्रो भो ।।

गर्न लागे सुरुवात , तिम्रो घातलाई बिर्सी
जताततै खाल्डा खुल्डी, लिप्नै गाह्रो भो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *