यत्र
तत्र
सर्वत्र
एक हुल छेपाराहरु नारा बोकेर
एक हुल छेपाराहरु नाडी ठोकेर
एक हुल छेपाराहरु सत्ता घोकेर
शान्ती रोक्दै
बिकास छेक्दै
सहमती तोड्दै अगाडि बढ्दैछ ।
कोही घरमै बढेका छेपाराहरु
कोही वनमै ढाडिएका छेपाराहरु
कोही छेमेकीबाट सारीएका छेपाराहरु
आफ्नै लयको गीत
आफ्नै तालमा भरी
आफ्नै डम्फु मात्र छेपाराहरु बजाइ रहेछ ।
छेपाराहरुले हिजोआज रग फेर्यो ।
छेपाराहरुले हिजोआज ढग फेर्यो ।।
छेपाराहरुले हिजोआज अग फेर्यो ।।।
होसियार,
चार खुट्टाले टेक्नु र दुई खुट्टाले टेक्नुमा फरक छैन ।
छेपारो आखिर छेपारो नै हो ।

sweet.
sweet.
धन्यवाद सर । आभारी भए ।
धन्यवाद सर । आभारी भए ।