Skip to content

अनि कसरी बन्छ नेपाल ?


नयाँ नेपाल बनाउने हातहरू पराइको देशमा
सयौं तल्लाका भवनहरू थाम्दै छन्
खडा रही २४ घन्टे पराइको चुलो-चौको
छामछाम छुमछुम छाम्दै छन् ..
भुलेर जन्म दिने आफ्नो जन्मदातालाई
कासी भित्रका चल्नै नसक्ने
बुढा-बुढीको पाउ मोल्दै छन ..
चिसो र गर्मीको त कुरै छाडौ
बरफ र कोइलामा आफैं घोल्दै छन्
नपत्याए हङकङमा र इजरायलमा
ग्यास्टिकका पोका बोकेका चेलीलाई सोध
विस्वास नलागे
कतार, दुबई, कुवैत, मलेसियाका १०० तल्ला टावरहरूमा
तड्पिरहेका दाजुभाइलाई सोध……..

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *