Skip to content

राजनितिक युद्ध (गजल)


दश बर्ष युद्ध गरे कति जनता मारे हजुर।
कतिको त घरबास छैन कति बसाइँ सारे हजुर।।

नेताहरूको खिचातानी नातावाद र कृपावाद।
जल्दा बल्दा युवा जति सात समुद्र तारे हजुर।।

आफ्ना देशका शिक्षित जनता पठाएर बिदेशमा।
नेपाललाई बिदेसी डाक्टर पाइलट झारे हजुर।।

कति सम्म सक्छौ खेल कुर्सीको फोहोरी खेल।
सधैं बन्द हड्ताल गरी दोधारैमा पारे हजुर।

गोविन्द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल

http://www.facebook.com/profile.php?id=100001008343152&v=app_2347471856&ref=profile

Leave a Reply

Your email address will not be published. Required fields are marked *