मातृभूमिको हितमा अब दिलोज्यानले डटौँ
एकै बृक्षको शितल ताप्दै गरिबी रेखा कटौँ ।
निधाएकालाई त्यसै छाडी आफू मात्र बिउँझेर
भुलले भुललाई सपार्छ भन्ने सोचैबाट हटौँ ।
चपरीमुनि हुन्छ वास मौकामा मुख नखोल्दा
लुटाहाबाट सधैँ लुटिने समूहबाटै छटौँ ।
अर्कैले घर बनाइदिओस् भन्ने विचार त्याग्न
आफ्नो कामको आफैँ मालिक हुने सूत्र रटौँ ।
प्रत्येक काममा घाटा हैन नाफैनाफ गरी
मानव चोला सफल पार्न मेहनतले खटौँ ।
तपेश्वरीँ१ गल्फडिया उदयपुर
हाल ः लिट्ल फ्लावर मा.वि. राजविराज-९, सप्तरी
