बेग्लै रहेछ हाम्रो बाटो
उदेश्य पनि बेग्ला बेग्लै,
मित्थ्या रहेछ तिम्रो त्यो साथ
आखिर रहेछु म एक्लै !
मलाई लाग्थ्यो पाइला यौटै
मलाई ठेस लाग्दा तिमीलाई दुख्छ,
मेरो मुटु छात्ती पोल्दा
तिम्रो पनि शिर झुक्छ !!
बेग्लै रहेछ हाम्रो मुटु
जिउनी सास नि बेग्ला बेग्लै,
भ्रम रहेछ मेरो तिमी
आखिर रहेछु म एक्लै
भ्रम रहेछ मेरो तिमी
आखिर रहेछु म एक्लै ……
राजेश रुम्बा लामा “अतृप्त्”
