पहिले हिडदा धरती हेर्थे, अहिले आकाश हेर्छन् साथी
हुने खाने भए छन कि? आजकल बोली फेर्छन् साथी ।
गाँउघर पुग्यो बिस्मृतिमा, शिशमहल ठडिदैछ
धरातल बिर्सिनेले एक दिन घाँटि सेर्छन् साथी ।
बिगत संगी साथीसंगै, बर्तमानमा एकलकाटे
रुख हरियो हुन्जेल मात्र लहराले बेर्छन् साथी ।
ज्ञान गुन र सर-सल्लाह, शब्दाडम्बर मात्र ठानि
हिजो गर्या समझदारी हठात् किन केर्छन साथी ।
भवसागर यो रङ्गमञ्च, छाँया प्रतिछाँया जीवन
सम्मान छोड्दा अग्रजको, सन्तती कहाँ टेर्छन साथी ।
-भीम के सी कमल
पोर्चुगल

nice
nice