वारी गाउँदेखि पारी हिमाल हाँस्ने
बिचैमा त्रिबेणी,
माथि है पाखा मृगले नाच्ने
गीत गाउनी सेर्पेनी !
जाडो या गर्मी १२ है महिना
हिमाल हाँसिदिने
सुनेर होला सेर्पीनीले गाएको
कस्तुरी नि नाचिदिने !!
स्वर्ग है बाट खै कुनै बेला
परीले नि हेर्छ रे,
देखेर सुन्दर देश हाम्रो नेपाली
डाह नै गर्छ रे ……..
देखेर सुन्दर देश हाम्रो नेपाली
डाह नै गर्छ रे ……..
राजेश रुम्बा लामा “अतृप्त”
