Skip to content

‘नेपाल उज्यालो हुन्छ कि ?’


खुलेर त्यो कालोबादल नेपाल उज्यालो हुन्छ कि
समिकरणको राजनीतिले सगरमाथा छुन्छ कि

सत्तालिप्सा कुर्सी–प्रॆमी र अग्रगामी बन्ने नेताले
विश्वलाई अझै चकित पर्न क्यै संरचना बुन्छ कि

फुट्नलाग्यो नेपाल भन्दै हर्ष-विभोर हुने चैँले
छसय एक एउटै भए भन्ने खबर सुन्छ की

देश छ अनि मछु र यहाँ मेरो राजनीति छ
भन्ने भावनाले प्रेरित भै ह्दयभित्र गुन्छ कि

कठिन हुन्छ एक्लै हिँडी गन्तव्यमा पुग्न भन्दै
अहमताको फोहरी खेल सु-बिचारले धुन्छ कि

गोर्खेसाइँलो
अध्यक्ष: पल्लव साहित्य प्रतिष्ठान
गजल कुटेरी विशालमार्ग नारायणगढ चितवन ।
gorkhesailo@yahoo.com

1 thought on “‘नेपाल उज्यालो हुन्छ कि ?’”

  1. आशा बाहेक के पो बाँकी रह्यो र
    आशा बाहेक के पो बाँकी रह्यो र हामी सर्बसाधारणमा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *