Skip to content

मोतीको सम्झनामा


एक सयमा पैँतालिस बर्ष नाघेछ
साहित्यमा मोती खोज्दै गजल जागेछ ।

समस्याको प्रश्न आयो मोतीराम छेउ
सहजमा पुर्ती गर्दा गजब लागेछ ।

पुरस्कार भागी भए क्याम्पसमा मोती
उन्को दिलले जन्मभूमि सिधै ताकेछ ।

उन्नाइसौ शताब्दीकै गजलका साथी
अमर भए यो देशमा मृत्यु भागेछ ।

नेपाल र नेपालीका मोतीराम भट्ट
सधैँ तिम्रो उपहारमा गजल मागेछ ।

अध्यक्ष पल्लव साहित्य प्रतिष्ठान
गजल कुटेरी विशालमार्ग नारायणगढ चितवन ।

gorkhesailo@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *