थाहा पायौ बल्ल तिम्ले फुट्दा कस्तो हुन्छ
फुटीसक्यो मन अँझ टुट्दा कस्तो हुन्छ
समय अँझ बलवान छ अहंकारी रुपभन्दा
समयले राम्रो रुप लुट्दा कस्तो हुन्छ
माया गर्ने बहानामा मुठ्याएर पन्जा भित्र
अठ्याउदै बेला बेलै चुट्दा कस्तो हुन्छ
मैले दिने माया सस्तो,तिम्र लागि जाभो भयो
बुझेउ होला सुनका हातले कुट्दा कस्तो हुन्छ
मैले सोचे हाम्रो माया जुनी जुनी बाच्ने होला
सोच अब लाको माया छुट्दा कस्तो हुन्छ
आउछौ कित भन्दै मत पर्खिरहे कयौ बार
सोचे, फुटिसकेपछि माया जुट्दा कस्तो हुन्छ
हाम्रो संगम त्रैमासिक पत्रिका वर्ष ८ अंक २
