भाद्र २४, २०६७।
चितवन।
युवाकवि मोतीराम भट्टको सम्झनामा १४५ औँ मोती जयन्ती मनाउने क्रम गजलनगरी चितवनमा दिनानुदिन बढ्दै गइरहेको छ । यसै सन्दर्भमा २०६७ भाद्र २३ गते परेको कुशे औँशीको शुभअवसर पारेर चितवन साहित्य परिषद नारायणी कलामन्दिर र अभिव्यञ्जना साहित्य प्रतिष्ठान समेत तीन संस्थाको संयुक्त आयोजनामा युवाकवि मोतीराम भट्टका जीवनी एवम् गजल वाचन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम भरतपुर, चितवन स्थित शिक्षण तालिम स्याडो भवनको प्रेक्षालयमा चितवन साहित्य परिषदका अध्यक्ष श्रीभक्त अच्यूत वाग्ले, नारायणी कलामन्दिरका अध्यक्ष श्री विनयकुमार श्रेष्ठ र अभिव्यन्जना साहित्य प्रतिष्ठानका अध्यक्ष श्री सुरेन्द्र अस्तफलको संयुक्त अध्यक्षता र वरिष्ठ गीतकार एवम् गजलकार श्री प्रेमविनोद नन्दनको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमाका अतिथिहरूमा गोविन्दराज विनोदी, केशवराज आमोदी, गजल मंच चितवन एवम् पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष श्री ऋषिप्रसाद लामिछाने गोर्खे साइँलो, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष श्री पुष्प अधिकारी अञ्जलि, अग्रगामी समाज नेपाल नारायणगढका अध्यक्ष श्री प्रभाकर पण्डित, विजय ज्ञवाली, केदारनाथ खनाल, भानुप्रकाश जोशीलगायतका ७५ जना स्रष्टाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा “शराह र सौराहा” नामक संयुक्त गजलसङ्ग्रहको विमोचन भएको थियो । कार्यक्रम संचारकर्मी एवम् गजलकार बालकृष्ण थपलियाले संचालन गरेका थिए ।
gorkhesailo@yahoo.com

सधैं विविध कार्यक्रम गरिरहने
सधैं विविध कार्यक्रम गरिरहने यहाँहरूको उत्साह अनि लगनशीलतालाई सलाम!