Skip to content

योगदान

  • by


विधाताको नियममा पनि धाँधली हुँदोरहेछ! सायद यसै कारण होला आजको युगमा आएर मानवहरूको धैर्यता पनि ईश्वरप्रति हराउँदै गएको पाइन्छ। ईश्वरीय देनले जति यो सृस्टिका सम्पूर्ण प्राणीहरूले पाउनु पर्ने हक उसमा पनि कन्जुस्याईं वा सौतने व्यवहार देखिन्छ किन ? ईश्वरले बनाएका सबै प्राणीमध्ये मानव प्राणी सर्वमान्य मानिएको छ! सायद यसको कारण मानव प्राणीको प्रेम, श्रद्धा, मानव बाणी ईश्वरसम्म सहजै पुगेको हुनाले मानव प्राणीलाई सर्व सकृय प्रस्तुत बनाइएको देखिन्छ! विधाताको नीति पनि अचम्मको किन होला प्राणीलाई जन्म दिएपछि कसैलाई अधुरो त कसैलाई भरी? आज म एउटा सानो काल्पनिक कथा प्रस्तुत गरि रहेको छु!

कथामा एउटा पात्र अन्जु नाम गरेकी केटी छे। अन्जुको जन्मदेखिकै अन्धो थिई । यसै कारण ऊ आफूलाई अति घृणा गर्थी। ऊ कसैलाई पनि मन पराउँदैनथिई, कसैमाथि पनि भरोसा गर्दैनथि।! उसको आफ्नो भन्ने मनमा लागेको एउटा मित्र थियो शिवम।

शिवम अन्जुको सधै राम्रो देखभार गर्दथ्यो । शिवमले अन्जुलाई सधै पढाउस सहयोग गर्थ्यो । अन्जु सिर्फ शिवमको मात्र भरोसा गर्थ्ी। ऊ शिवमलाई मैत्रिक रुपमा अति मन पराउँथी । उनीहरूमा प्रेमको भाव अति बढेको थियो। उनीहरू सधै दु:ख सुखका कुरा एक आपसमा बाँड्दथे ।

शिवमले पनि जीवनभर अन्जुलाई प्रत्येक पाइलामा साथ दिने निश्चय गरेको थियो ।

समयको लहरसँग उनीहरूको यौवन पनि बिकसित हुदै गयो। समय-परिस्थितिले एक अर्कामा माग बढ्ने सम्भावना बढ्यो ।

एक दिन अन्जुले शिवमलाई भनी, “शिवम तिमी मेरो असल मित्र हौ। तिमीले मेरो हरेक पाइलामा साथ दिएका छौ। तिमीप्रति मेरो ठुलो भार छ । म आभारी छु, मैले तिम्रो ऋण कसरी उतारूँ ? मसँग तिमीलाई दिने अरु केही छैन । भोलि यदि भगवानको कृपाले मेरा आँखा राम्रा भए भने म तिमीसित विवाह गरूँला।”

शिवम अति नै दयावान थियो । उ अन्जु उसको मनको हिरा थिई । उसले सोच्यो, “मेरी अन्जुको मनमा यति ठुलो इज्जत, अनि प्रेम! मैले अन्जुको लागि केही त गर्नु पर्छ ।”

शिवमले गोप्य घर सल्लाह गर्यो । ऊसँग त्यति धेरै सम्पति त थिएन, कहींबाट नेत्र किनी ल्याउने । उसले सोच्यो, “यदि मेरा आँखा दिएँ भने उसले नेत्र पाउँछे । अनि दुवै जनाले एकै आँखाबाट संसार हेर्न सकिन्छ।”

शिवमले आँखा अस्पताल गई अन्जुलाई नेत्रदान गरिदियो । अन्जु केही दिनमा अप्रेसनपछि सबै देख्न सक्ने भई। अन्जुले नयाँ जीवन पाई । उसले शिवमलाई पनि देखी।

शिवम नेत्रहीन भैसकेका थियो। तर अन्जुलाई थाहा थिएन कि शिवमले आफ्नो आँखा अन्जुलाई दान दिएका हो भनेर। अर्को दिन शिवमले अन्जुलाई सोध्यो, “अन्जु अब त तिमी राम्री भयौ। पहिले भनेकी थियौ आँखा देख्ने भएपछि तिमीसँग विवाह गर्छु भनी?”

अन्जु अति सोचमा परी । आफ्ना पुराना दिनहरू नेत्रबिनाको जीवन कति कष्टकर हुन्छ। ! उसलाई फेरि त्यो नर्क जस्तो जीवन भोग्न मन थिएन। उसले शिवमको आग्रहलाई अस्वीकार गरिदिई ।

शिवम केही नबोली हिँड्यो। ऊ केही समयपछि त्यस ठाउँ छोडी अन्त सर्यो !

धेरै दिनपछि शिवमले अन्जुलाई एउटा पात्र लेख्यो ।

मेरी प्यारी अन्जु,
तिमी त आजभोलि खुशीसँग बाँचिरहेकी हौली। अन्जु मेरा दिनहरू त तिम्रा पुराना पलहरूमा फर्किएका छन् । तिमीलाई चाहने मुटु मेरो अँझै पनि मेरो छातीमा धड्किन्छ । आँखालाई सम्हालेर राख्नू, अनि माया गर्नू। मलाई छोडे पनि मेरा आँखालाई माया दिनू किनकि तिमीले हेर्ने आँखा मेरा नै हुन्।
शिवम

मलन कार्की
बागलुंग नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *