Skip to content

मेची र काली चेपिएको छ रे!


सुन्दैछु, मेची र काली पनि चेपिएको छ रे
भुत्ते भो कि गोर्खे खुकुरी नै हेपिएको छ रे

कति धितो राख्नु बिचरो छ सगरमाथा नि
धाक नलगाऊ भो लाजले सेपिएको छ रे

हात मुख जोर्न शीप शिल्प पलायन भए
बचेँका पेटमा अझै रिन खेपिएको छ रे

शान्तिको कान्ति नि अटेन रे आँखाभित्र हाम्रा
बुद्धको माटो यो रगतले लेपिएको छ रे

दही जमे कि ती ईतिहास रच्ने हातभित्र
दुख्दा दुख्दै सीमा आँफैतिर ढेपिएको छ रे

2 thoughts on “मेची र काली चेपिएको छ रे!”

  1. बाफ्रे, एकदम झड्किला
    बाफ्रे, एकदम झड्किला शब्दहरूको संयोजन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *